काठमाडौं । अब हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त सामुदायिक सूचना केन्द्र स्थापना हुने भएको छ । सूचना प्रविधिमार्फत स्थानीय तहमा सूचनाको पहुँच र सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हो ।
त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिइसकेको छ ।
‘यसअघि मन्त्रिपरिषदको बैठकले यो विषयमा निर्णय गरिसकेको छ,’ प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले भने, ‘त्यसकै आधारमा मन्त्रालयले प्राधिकरणलाई देशका हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त केन्द्र स्थापना गर्न निर्देशन दिएको हाे ...