काठमाडौं । सांसदहरूले सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमको गुणस्तरमाथि प्रश्न उठाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा धेरैजसो सांसदहरुले कम्पनीको सेवाको गुणस्तरमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसद प्रेम सुवालले निजी कम्पनीले दिनसक्ने गुणस्तरीय सेवा सरकारकै लगानी भएको कम्पनीले किन दिन नसकेको भन्दै प्रश्न गरे ।
‘सरकारले नसक्ने हो भने भोलिको दिनमा मन्त्रालय पनि निजीले नै चलाउनुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘सेवाको गुणस्तर हेर्दा टेलिकमकै कर्मचारीले पनि एनसेल लगायतका निजी कम्पनीको सेवा प्रयोग गरिरहेका हुनसक्छन् ...