Follow us: Youtube Android App
जापानको बजारमा 'उड्ने मोटरसाइकल', मूल्य आठ करोड रुपैयाँभन्दा बढी
१२ कात्तिक २०७८

जापानमा एउटा 'स्टार्टअप कम्पनी' ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ।

निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको 'एक्सटुरिज्मो लिमिटिड इडिशन' बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो।

इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन्।

एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ ...

समाचार स्रोत :