Follow us: Youtube Android App
Somersby Nepal
यस्तो छ ट्रम्पले प्रयोग गर्ने गाडी
२७ असोज २०७४


शक्तिराष्ट्र अमेरिकाका राष्ट्रपतिको रवाफ विश्वले जानेबुझेकै छ । अघिल्ला राष्ट्रपतिहरूको तुलनामा डोनाल्ड ट्रम्पको रवाफ अझ बेग्लै छ । आक्रामक र रिसालु स्वभावका ट्रम्पको जीवनशैली पनि आफ्नै ढंगको छ । उनले चढ्ने गाडीबारे मात्रै एउटा रोचक ‘स्टोरी’ तयार हुन्छ । नयाँ पत्रिकाका निर्वान झापालीले एजेन्सीहरूको सहयोगमा ट्रम्पको गाडीबारे तथ्य बटुलेका छन् :

संसारकै सबैभन्दा सुरक्षित गाडी मानिने क्याडिलाक वानको ढोका सैनिक ट्यांकमा प्रयोग गरिने स्तरको छ । यो सामान्यभन्दा दोब्बर बाक्लो स्टिल, आल्मुनियम, टाइटानियम र सेरामिकको मिश्रणबाट बनाएको हो । आठ इन्च बाक्लो यो गाडीको ढोकाको तौल बोइङ ७५७ हवाईजहाजको क्याबिन ढोकाबराबर छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चढ्ने गाडी जनरल मोटर्स कम्पनीको उत्पादन हो । यो अमेरिकी कम्पनी हो । विश्वका प्रतिष्ठित ब्रान्डका गाडी यो कम्पनीले उत्पादन गर्ने गर्छ । ट्रम्प जनरल मोटर्सको सबैभन्दा प्रतिष्ठित ब्रान्ड क्याडिलाकको ‘क्याडिलाक वान’ चढ्छन् । यो गाडी ‘द बिस्ट’ को नामले बढी चर्चित छ । १.५ मिलियन डलर पर्ने ................