Follow us: Youtube Android App
Somersby Nepal
सुल्झिँदैछ ६ करोड ६० लाख वर्ष पुरानो विनाशलीलाको रहस्य
१६ कात्तिक २०७४


यो ६ करोड ६० लाख वर्षअघिको घटना हो। आकाशबाट १२ किलोमिटर लामो उल्कापिण्ड पृथ्वीमा खस्यो। पृथ्वीको वायुमण्डल र सतहमा ठूलो विनाशलीला मच्चियो। भीमकाय जन्तु डायनासोर लोप भए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने प्राणी मात्र मुश्किलले बाँचे।

वैज्ञानिकहरूले त्यो उल्कापिण्डबारे नयाँ तथ्य सार्वजनिक गरेका छन्। उनीहरूका अनुसार उल्कापिण्ड खसेपछि ३ सय अर्ब टनभन्दा बढी सल्फरले पृथ्वीको वायुमण्डल ढाकेको थियो। यसले वर्षौं वर्ष पृथ्वीको तापक्रम पानी जम्ने शून्य डिग्रीभन्दा तल झर्यो। यस्तोमा कुनै जीवजन्तु बाँच्ने गुञ्जायस थिएन। समुद्री तापक्रम त सयौं वर्ष यही स्थितिमा रह्यो।

‘उल्कापिण्ड खसेर पृथ्वीको जलवायु नै फेरिएको हामीले भन्दै आएका थियौं,’ इम्पेरियल कलेज लन्डनका प्राध्यापक जोअना मोर्गनले बिबिसीसँग भनिन्, ‘नयाँ नतिजापछि त्यतिबेला पृथ्वीमा के भएको थियो भनेर ठोकुवा गर्न .............

Source