Follow us: Youtube Android App
Somersby Nepal
पुलबाट खस्न लागेको गाडीलाई हातैले रोके यी प्रहरीले !
१७ मंसिर २०७४


काठमाडौं l बेलायतको पश्चिम योर्कशायरमा सडक प्रहरी अधिकारी मार्टिन विलिसले सडक दुर्घटनापछि पुलबाट खस्न लागेको एउटा भ्यानलाई हातैले रोकेका छन् ।

पश्चिम योर्कशायरमा दश वर्ष सेवा गरिसकेका विलिसले बिहान पौने ६ बजेतिर ए१ सडकमा गाडीहरू ठोक्किएको खबर पाएको प्रहरीले बयान दियो ।  घटनास्थलमा पुग्ने पहिलो प्रहरी अधिकारी विलिस नै थिए र उनले इभेको भ्यान पुलको रेलिङमा ठोक्किएर तल खस्नै लागेको लागेको देखे ।

 

‘मैले पुलको रेलिङमा झुण्डिरहेको भ्यान देखेपछि कन्ट्रोल रूमलाई फोन गरेर यहाँ गम्भीर घटना भइरहेको छ भनें । मैले गाडीलाई उद्धार गर्नका लागि प्रयास गर्दा एकजना लरी चालकले भ्यानभित्र एकजना छन् है भनी चिच्याए,’ विलिसले भने...