Follow us: Youtube Android App
Somersby Nepal
नयाँ सौर्यमन्डल ‘केपलर–९०’कोे आठौं ग्रह भेटियो (भिडियो)
१ पुष २०७४


अमेरिका,। नयाँ सौर्यमन्डल ‘केपलर–९०’को आठौं ग्रह फेला परेको छ । अमेरिकी अंतरिक्ष एजेन्सी नासाले हाम्रो सौर्यमन्डल जस्तै ‘केपलर–९०’ नाम दिइएको सौर्यमन्डलको आठौं ग्रह ‘केपलर–९० आइ’ भेटिएको बताएको हो ।

नासाका अनुसार सूर्यभन्दा केहि बढी तातो रहेको उक्त सौर्यमन्डलको अन्य सातओटा ग्रहहरु यसअघि नै फेला परेको थियो । ‘केपलर–९०’ नाम दिइएको ताराको परिक्रमा गरिरहेका आठ ग्रहहरु हाम्रो सौर्यमन्डलभन्दा केहि ठूलो आकारको रहेको नासाले उल्लेख गरेको छ ।

 

यस ग्रहको खोजमा नासासँग सहकार्य गरेको गूगलको ‘आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर’ का इन्जिनियर क्रिस्टोफर शैलुका अनुसार हाम्रो सौर्यमन्डलले झैँ केपलर–९० ताराको चारै दिशामा ती आठ ग्रहहरुले चक्कर लगाइरहेका छन् ।

 

'बीबीसी'का अनुसार नासाले यस खोज अभियानमा गूगलको ‘आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर’को सहयोग लिएको थियो । जसले ब्रह्मान्डमा यसअघि खोज्न नसकिएको तारा तथा ग्रहहरुको अध्ययन गर्दछ ।

 

नासाका अनुसार नयाँ सौर्यमन्डलको आठौँ ग्रहले आफ्नो मुख्य तारा ‘केपलर–९०’लाई करिव १४.४ दिनमा एक चक्कर लगाउने गर्दछ भने यस ग्रहको अनुमानित तापक्रम ४२५ डिग्री सेल्सियस् रहेको छ । नासाको केपलर स्पेस टेलिस्कोपको मद्धतले नयाँ सौर्यमन्डलको खोज तथा अनुसन्धान गरिएकोले यस सौर्यमन्डलको नाम ‘केपलर–९०’ र भर्खरै पत्ता लगाइएको ग्रहको नाम ‘केपलर–९० आइ’ राखिएको हो ।

 

पृथ्वीबाट यस सौर्यमन्डलको दूरी दुई हजार ५४५ प्रकाश वर्ष टाढा रहेको नासाले उल्लेख गरेको छ ।

 

यस खोजमा सहभागी भएका खगोलशास्त्री तथा आस्टिनस्थित टेक्सास् विश्वविद्यालयका प्रा.एन्ड्रयू वेन्डरवर्गले भने, ‘केपलर–९०का ग्रहहरुको प्रणाली हाम्रो सौर्यमन्डलको एक छोटो रुप हो । यसको भित्रि स–साना तथा बाहिर ठूला ग्रहहरु रहेका छन् । तर, सबै ग्रहहरु धेरै नजिक घुमिरहेका छन् ।’

नासाले पछिल्लो एक दशकमा ब्रह्मान्डमा रहेको ताराहरुको वरीपरी घुम्ने करिव तीन हजार ५०० ग्रहहरुको खोज गरिसकेको दाबी गरेको छ ।