Follow us: Youtube Android App
Somersby Nepal
जहाँ करोडपतिलाई पनि बस्न ठाउँ पाइँदैन
३० फागुन २०७४


विश्वको हरेक देशले धेरैथोरै पुँजीपतिलाई आफ्नो देशमा आउन, लगानी गर्न निम्ता दिन्छन् । पुँजीपतिहरूले आफ्नो देशमा लगानी गरून् र आफ्नो उन्नति हुन्छ भन्ने सोचाइ रहन्छ । तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ पुँजीपतिदेखि अघाइसकेको छ ।

तपाईंहरू एक यस्तो देशको कल्पना गर्नुहोस्, जुन कुनै टोलभन्दा पनि सानो छ र यसको आकार केवल २ वर्ग किमि छ । यहाँका सडकहरू खुल्ला र शान्त छन् । गल्लीहरूमा फोहोर छैन । त्यहाँका बासिन्दाहरूले कुनै आयकर तिर्नु पर्दैन । यो एक यस्तो ठाउँ हो जहाँका कार रेस र डुङ्गा रेसमा मानिसहरू मन बहलाउँछन् । कतै जानका लागि ट्याक्सीको सट्टा हेलिकप्टर चढ्छन् ।

 

यो एक यस्तो देश हो, जहाँ प्रत्येक मानिस करोडपति मात्र होइन, अरबपति छ । गरिबीसँग लडिरहेको दुनियाँमा त्यो सानो देश हो– मोनाको । एउटा सहर बराबरको देश, जुन फ्रान्सको भूमध्य सागरको तटीय क्षेत्रमा छ । विश्वभरीका धनीहरू यहाँ आफ्नो स्थान जमाउन चाहन्छन् । यहाँको समुद्र्र र समुद्र्रीतटले धेरै धनीहरूलाई आफूतर्फ तान्छ ।

 

धनीहरूको राजधानी

सहर जत्रो यो देश मोनाकोमा ठाउँको यति कमी भएको छ कि अब धनीहरूलाई बसाल्नका लागि समुद्रमा द्वीप नै बनाइँदै छ । मोनाकोलाई विश्वमा धनीहरूको राजधानी भनिन्छ । जनसङ्ख्याका आधारमा यहाँ विश्वभरीका सबैभन्दा बढी धनी बस्छन् । यसकारण यहाँको औसत आय पनि करोडमा छ ।

 

यदि तपाईं फ्रान्सको भूमध्य सागरको तटको किनारै किनार हिँड्नु भयो भने कङ्कड र ढुङ्गा भएको सुन्द्रको किनारको बीच–बीचमा घामबाट बच्नका लागि छाता बनाइएका हुन्छन् र बीचमा साइप्रसको वनस्पति देखिन्छ  ...

Source