Follow us: Youtube Android App
Somersby Nepal
संसारका सबैभन्दा खतरनाक ६ एयरपोर्ट
१ चैत्र २०७४


तपाईंलाई कुनै विमानस्थल के कारणले सम्झनामा आउँछ ? बीबीसी ट्राभलले यो प्रश्न प्रश्नोत्तर वेबसाइट क्वोरा डटकममा राखेको थियो । अधिकांश प्रयोगकर्ताहरूले विमानस्थलमा विमानको उडान र अवतरणको फरक अनुभवका कारण विमानस्थल सम्झनामा रहने बताए ।

सामान्यतया विमानस्थलको धावनमार्गको लम्बाइ १८ सय मिटरदेखि २४ सय मिटरसम्म हुने गर्छ । तर जुन छवटा धावनमार्गलाई क्योरा प्रयोगकर्ताहरूले छानेका छन्, तिनको लम्बाइमा मात्र छोटो होइन तिनको अवस्थिति पनि खतरनाक स्थानमा रहेको छ ।

 

नेपाल : तेन्जिङ–हिलारी विमानस्थल– पहाडको र खोंचको बीचमा रहेको
नेपालको तेन्जिङ–हिलारी विमानस्थलको धावन मार्गलाई तपार्इं रोमाञ्चकताको दोस्रो नाम भन्न सक्नुहुन्छ । हिमाली डाँडा माझ लुक्ला रहेको छ । र यही बस्तीमा रहेको ४६० मिटर लामो धावन मार्ग छ ।

 

छोटो धावन मार्गका कारण यहाँ सानो विमान र हेलिकप्टर मात्र उत्रन सक्छ । धावन मार्गको उत्तरमा पहाड रहेको छ । दक्षिणमा ६ सय मिटर गहिरो खोंच छ । एउटा सानो गल्तीले दुर्घटना निम्त्याउन सक्छ ।

 

क्योरा वेबसाइट प्रयोग गर्ने एमी रविन्सन बताउँछिन् “सगरमाथामा चढ्न जाने मानिसहरू यही एयरपोर्टमा ओर्लन्छन् । संसारको सबैभन्दा खतरनाक एयरपोर्टमध्ये यो पनि एक हो   ...

Source