Follow us: Youtube Android App
Somersby Nepal
औंठीमा अब औंला छिराउने होइन, औंठीले औंला छेड्ने चलन आयो
१८ चैत्र २०७४


अहिलेसम्म औंठी दिएर प्रेमिकालाई प्रपोज गर्ने चलन थियो । तर अब प्रेम प्रस्ताव गर्ने तरिका बदलिनेवाला छ । यदि इन्स्टाग्रामको पछिल्लो ट्रेण्डलाई मान्ने हो भने बेलायतमा औंठी अब लगाउने चिजको रुपमा रहेन । औँठी अब कानको लोतीमा छेडेर लगाउने गहना जस्तै औँला छेडेर लगाउने गहना बनेको छ । सायद प्रेम प्रस्तावका लागि औँला नै छेडिदिने हिम्मत अब कमैले गर्लान् ।

औंला छेड्ने यो औँठीलाई सिंगल प्वाइन्ट पियर्सिंग वा नर्मल पियर्सिंग भनिन्छ । यसका लागि शरीरमा छालाको मुनि एउटा टुक्रा राखिन्छ, जसलाई एंकर भनिन्छ । उक्त एंकर बाहिरी औँठीको भागसँग जोडिएको हुन्छ । ता कि औँठी औंलामा अडियोस् ।

 

हिराको पत्थरसहितको औंठीहरु बनाउँदा निकै महंगो पर्ने भएपछि हुनसक्छ औंला छेड्ने औंठीको चलन आएको । बीबीसीका अनुसार, बेलायतमा एउटा औंठीको मूल्य एक हजार पाउण्डभन्दा धेरै पर्दछ । जबकि यो छेड्ने औठी चाहिँ ७० देखि एक सय पाउण्डसम्ममा बनाउन सकिन्छ ।

Source