Follow us: Youtube Android App
Somersby Nepal
इतिहासको सबैभन्दा ठूलो मानव बली : एक सय ४० बालबालिकाको कंकाल भेटियो
१५ बैशाख २०७५


वैशाख १५ – पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बली दिएको हुन सक्ने ‘नेसनल जियोग्राफिक’ ले जानकारी दिएको छ ।

नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बली दिइएको पुरातत्वविद्ले बताएका छन् ।

 

फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बली दिइएको मानव इतिहासमा नै ठूलो घटनाको रुपमा लिन सकिन्छ ।

 

पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ । बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् ।..

Source