Follow us: Youtube Android App
Somersby Nepal
दुवै खुट्टा नभएका ७० वर्षीय आरोही सगरमाथा शिखरमा
३१ बैशाख २०७५


दुवै खुट्टा नभएका एक चिनियाँ नागरिकले ‍सगरमाथाको सफल आरोहण गरेका छन्।

दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ पर्वतारोही सिया बोयुले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पुष्टी गरेको छ। उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन्।

 

नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ६ महिनाअघि ल्याए पनि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहण गर्न सफल भएका हुन्।

 

सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८.३० बजे सगरमाथाको शिखर पुगेका हुन्।..

 

Source