Follow us: Youtube Android App
हिमाल चढ्न आएका बहराइनका राजकुमार काठमाडौंमा
३१ भदौ २०७७

काठमाडौं । बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो ।


उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । जहाज बहराइनबाट राती १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो ...

समाचार स्रोत :