Follow us: Youtube Android App
प्रधानमन्त्रीको सचिवालयले भन्यो : 'अफवाह फैलाउन खोज्नेहरुले आलोचना गरे'
८ कात्तिक २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दसैंको अवसरमा शुभकामना दिन सामाजिक संजालमा शुक्रबार बिहान पोष्ट गरेको तस्बिरमा नेपालको नयाँ नक्साअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नदेखिएको विषयमा प्रधानमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ ।


उनको सचिवालयले भनेको छ- सानो आकारको नक्सा भएकाले चुच्चो देखिएन । सन्देशमा राखिएको निशान छापमा प्रयोग भएको नेपालको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्रीको आलोचना गरेका थिए । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नसमेटिएको नक्सा प्रयोग भएको भन्दै प्रधानमन्त्रीको सन्देशप्रति सन्देह व्यक्त गरिएको थियो ...

समाचार स्रोत :