Follow us: Youtube Android App
प्रधानमन्त्रीको सम्बोधन : ‘रअ’ प्रमुखसँगको भेटबारे मौन
८ कात्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे पनि बुधबार राति भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको भेटबारे मौनता साधेका छन् ।


प्रधानमन्त्री ओलीको सम्बोधन मूलतः दसैँ र कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित छ । विपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँगको भेटमा भएका कुराकानीबारे प्रधानमन्त्री ओलीले देशलाई बताउनुपर्ने माग गरेको छ । तर, बुधबार राति तीन घन्टा भएको भेटबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा केही उल्लेख गरेनन् । छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९ :१५ देखि मध्यराति १२ :१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए ...

समाचार स्रोत :