Follow us: Youtube Android App
अप्रजातान्त्रिक गतिविधि नगर्न ट्रम्पलाई रिपब्लिकन सिनेटर रोम्नीको चेतावनी, क्रूद्ध ट्रम्पले
६ मंसिर २०७७

एजेन्सी । निर्वाचनमा हारिसकेपछि पनि ह्वाइट हाउसमा बसेर डोनल्ड ट्रम्पले अप्रजातान्त्रिक गतिविधि गरिरहेको भन्दै ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर मीट रोम्नीले आलोचना गर्नुभएको छ ।


आफ्नो आलोचना गरेकामा क्रूद्ध ट्रम्पले भने यूटाहका सिनेटर रोम्नीलाई नै ‘गैंडा’ भन्दै कटू टिप्पणी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नै रोम्नीलाई भद्दा गाली गर्नुभएको हो । सन् २०१२ को राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार रहिसकेका सिनेटर रोम्नीले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेट उम्मेदवार जो बाइडनको जीत उल्टाउन ट्रम्पले गरिरहेको प्रयासलाई ‘प्रजातान्त्रिक हर्कत’ भनेपछि ट्रम्प आक्रोशित देखिनुभएको हो ...

समाचार स्रोत :