काठमाडौं । प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयसँगै नेकपाको आन्तरिक पार्टी समीकरण भताभुंग हुन थालेको छ । केन्द्रदेखि जिल्ला हुँदै गाउँसम्मै दुई खेमामा विभक्त नेकपाको एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने शिलशिला जारी राखेका छन् ।
असंवैधानिक ढङ्गले प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको भन्दै संसद पुनर्स्थापना हुनुपर्ने मागसहित नेकपाको प्रचण्ड–माधव पक्ष पुस १० गतेदेखि लगातार आन्दोलनमा छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्ष आगामी बैशाख १७ र २७ लाई घोषणा गरेको चुनावको तयारीमा लाग्न आफू पक्षीय नेता कार्यकर्तालाई निर्देशन दिइरहेको छ ...