प्रतिनिधिसभा विघटन बदरको मागसहित परेका रिटउपर बुधबार सुनुवाइ हुँदै छ । बुधबारको सुनुवाइमा मुख्य दुई चासो छ– पहिलो, कानुन व्यवसायीहरूको मागअनुसार बृहत् पूर्ण इजलासमा लगिन्छ कि लगिँदैन ।
दोस्रो, संवैधानिक इजलासमै सुनुवाइ भएका इजलासमा को–को न्यायाधीश हुनेछन् ? यसअघिको सुनुवाइमा निवेदकले उठाएका दुई मुद्दामध्ये एकको टुंगो लागिसकेको छ । न्यायाधीश हरिकृष्ण कार्कीले यो विषयको रिट नहेर्नुपर्ने माग भएको थियो । यो माग पूरा भइसकेको छ । अब विघटनको विषयलाई बृहत् पूर्ण इजलासमार्फत सुनुवाइ गरी टुंगो लगाउने कुरामा आजको इजलासले निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ ...