Follow us: Youtube Android App
भाजपाले नेपालमा सरकार बनाउने भनाइप्रति नेपालले जनायो आपत्ति
४ फागुन २०७७

नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिएका हुन्।

ज्ञवालीले ट्विटरमा सो विषय जानकारीमा लिइएको र यस विषयमा औपचारिक रुपमै आपत्ति व्यक्त गरिएको बताएका छन्।

ट्विटर प्रयोगकर्ता समीर अन्सारीले त्यस विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै चासो व्यक्त गरेपछि ज्ञवालीले सो जानकारी दिएका हुन् ...

समाचार स्रोत :