प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने बताएका छन्।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको फेसबुक लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर ओली पक्राउ पर्ने दिन पनि टाढा नभएको बताएका हुन्।
उनले नेतृ झाँक्रीलाई बोेलेकै कारण पक्राउ गरिएको भए पनि उनलाई थुनेर राख्ने तागत ओली सरकारसँग नरहेको बताए ...