Follow us: Youtube Android App
जटिल मोडमा कांग्रेस : अबको ६ महिनाभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने
५ फागुन २०७७

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ ।

गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न गतिरोध लगायतका कारणले महाधिवेशन हुन सकेन । तर महाधिवेशन तय भएको मिति आउन दुई दिन बाँकी हुँदा पनि पार्टीले अर्काे निर्णय गर्न सकेको छैन ।

केन्द्रीय समितिको बैठकले अहिलेसम्म भएका प्रगतिको समीक्षा गर्दै नयाँ मिति घोषणाको बारेमा छलफल गर्नेछ । त्यसभन्दा पहिला पार्टीको केन्द्रीय समितिको म्याद थप्ने विषयमा निर्णय हुनेछ ...

समाचार स्रोत :