Follow us: Youtube Android App
७ महिनामा २८ करोड ठगी
१५ फागुन २०७७

काठमाडौं : वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।

व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो।

विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए। संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। संस्थागततर्फ माघसम्म २ सय ५८ उजुरी परेका छन्। ८ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले ६ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ ...

समाचार स्रोत :