Follow us: Youtube Android App
चीनसँग सम्झौताको तयारी हुँदै भारतले ल्यायो विजुली नकिन्ने कार्यविधि
१५ फागुन २०७७

नेपालले विद्युतमा लगानी गर्ने विषयमा चीनसँग सम्झौता गर्ने तयारी गरिरहेको बेला भारतले गरेको एउटा निर्णयले सम्झौतामा नै असर पर्ने देखिएको छ । चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजनाबाट उत्पादित विद्युत भारत सरकारले खरिद नगर्ने कार्यविधि पारित गरेको हो ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हिजो स्वीकृत गरेको सिमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधिमा चीनको नाम त उल्लेख गरिएको छैन तर त्यसमा भनिएको छ, ‘जुन देशसँग भारतले विद्युत सम्बन्धी कुनै दुई पक्षीय सम्झौता गरेको छैन र त्यो देशको लगानीबाट उत्पादित विद्युत खरिद गरिने छैन ।

यसरी हेर्दा भारत र चीनबीच विद्युत सम्बन्धी कुनै दुई पक्षीय सम्झौता भएको देखिँदैन । तर नेपालमा चीनको लगानीबाट थुप्रै जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् र अरु सम्झौता हुने तयारीमा रहेका छन् । नेपालले चिनियाँ लगानीमा लगभग आठ सय मेगावाटको विभिन्न जल विद्युत आयोजना निर्माणको सम्झौता गर्न लागेको छ । त्यसमध्ये केही मेगावाटका लागि सम्झौताका लागि नेपाल विद्युत प्राधिकरण तयार भएर बसेको छ । तर राजनीतिक अवस्थाका कारण सो सम्झौतामा ढिलाई भइरहेको बताइएको छ ...

समाचार स्रोत :