प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन्।
आफू निर्वाचित क्षेत्रमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले छिट्टै उक्त पार्टीसँग वार्ता गर्ने बताए।
उनले भने, "तपाईँ त्यो खबर छिट्टै घर बसीबसी सञ्चारमाध्यममा देख्नुहुनेछ।"
शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गरिने उनको भनाइ थियो ...