Follow us: Youtube Android App
दिनहुँ हराउँछन् २२ महिला-बालिका
१३ साउन २०७८

काठमाडौँ । बुबाआमासित सामान्य भनाभन परेपछि १५ वर्षीया किशोरी सर्लाहीस्थित घरबाट निस्केर सम्पर्कविहीन भइन् । छरछिमेक, आफन्त, साथीभाइकहाँ सोधखोज गर्दा नभेटेपछि अभिभावकले माइती नेपाल र प्रहरीमा खबर गरे । एक महिनापछि उनी भारतको पुनेमा फेला परिन् ।

चितवनकी २१ वर्षीया बिना सापकोटा गत असार १४ देखि हराइरहेकी छन् । लन्डनमा अध्ययनरत उनी बिदामा घर आएकी थिइन् । केही दिनपछि फर्कने तयारी हुँदै थियो । अपराह्न साढे ४ बजे घरबाट बजार निस्केकी उनी फर्किइनन् । ‘कसले कहाँ देख्यौं भन्छन्, कसले कहाँ । सबैतिर चहारिसक्यौं, खोज्दाखोज्दै पुलिस, प्रशासनसँग ठोक्किन्छौं । छोरी कहीं फेला परेकी छैन,’ उनका बुबा जयश्वरले भने ...

समाचार स्रोत :