Follow us: Youtube Android App
जमुनी सिंचाइ आयोजना : झण्डै ३० करोड खर्च, प्रतिफल शून्य
५ मंसिर २०७८

वीरगञ्ज । बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य रहेको जुमनी सिंचाइ आयोजनामा झण्डै ३० करोड खर्च भइसक्दा पनि काम पूर्ण नहुँदा किसानहरुले लाभ लिन सकेका छैनन् ।

गेटको डिजाइन परिवर्तन गर्नुपर्ने स्थिति बनेपछि काम अधुरो रहेको सम्बद्ध अधिकारीहरु बताउँछन् । जसका कारण २०७२ साल माघ १४ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भए पनि अझैसम्म काम सकिएको छैन ।

‘२२ करोड जति निर्माण कम्पनीले लगेको छ, आयोजनामा लगभग ३० करोड जति खर्च भइसकेको छ । तर आयोजना अधुरो हुँदा एक जना पनि किसान लाभान्वित हुन सकेका छैनन्,’ नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रसुन मिश्रले भने ‘काम सक्न पाए हजारौं किसानले लाभ पाउने थिए ...

समाचार स्रोत :