Follow us: Youtube Android App
शान्ति सम्झौताको १५ वर्ष : ओभाएका छैनन् द्वन्द्व पीडितका आँखा
५ मंसिर २०७८

रोल्पा । सुनछहरी गाउँपालिका–७ जेलवाङकी ९२ वर्षीया सेती मगरका आँखा ओभाएका छैनन् । सशस्त्र द्वन्द्वमा १८ वर्ष पुगेर हुर्कंदै गरेकी छोरी गोमा मगरलाई सेनाले घरबाट जंगलमा लगेर हत्या गर्‍यो । शव समेत देख्न पाइनन्, उनले ।

युद्ध अन्त्य भएको धेरैपछिसम्म पनि गाउँमा कसैका छोरीचेली देख्दा उनी भक्कानिएर रुन्थिन् । उनलाई लाग्दो रहेछ, नमारिएकी भए मेरी छोरी पनि यत्रै हुनेथिई ।

युद्धताका सेनाले छोरीलाई माओवादी भनेर घरबाटै लिएर गएको थियो । ‘जंगलमा लगेर मार्‍यो भन्छन्, लास पनि देख्न पाइनँ’ हत्केलाले आँसु पुछेर ती ९२ वर्षीया आमाले भनिन्, ‘छोरी नदेखेको दिनदेखि म रोएको रोयै छु ...

समाचार स्रोत :