Follow us: Youtube Android App
महाधिवेशनको रौनकले नेता–कार्यकर्तामा उमंग
११ मंसिर २०७८

पार्टी विभाजन खेपेको एमालेको १०औं महाधिवेशनको उद्घाटन कार्यक्रममा चितवनको भव्य उपस्थितिले नेताकार्यकर्तामा जोस थपेको छ। नारायणीवारि, पारि, पुलमा,भरतपुरको सडक, गल्लीहरू पनि शुक्रबार दिनभर खचाखच देखिन्थे। नेताहरूले एमाले छाडेर गएकाहरूलाई नारायणी किनारको मानव सागर हेर्न चुनौतीसम्म दिए।

उद्घाटन सत्रमा एमालेबाट विभाजन भएर छुट्टै दल गठन गरेका माधव नेपालप्रति आक्रामक देखिएका केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उत्तिकै गाली गर्न भ्याए। कार्यकर्ता र जनताका बीचमा ओलीले निकै उत्तेजित भएर भाषण गरेका थिए।

देशभरबाट महाधिवेशनको उद्घाटनमा सहभागी हुन आएका कार्यकर्ता कतिपयले कार्यक्रम नै देख्न पाएनन्। अत्यधिक भिडका कारण महाधिवेशनमा बोलाइएका अन्य पार्टीका अथितिहरूलाई पनि मञ्चमा पुग्न निकै सकस भयो...

समाचार स्रोत :