Follow us: Youtube Android App
संविधानका आँखामा चोलेन्द्रशमशेर राणा
१२ माघ २०७८

चोलेन्द्रशमशेर राणाका दुई व्यक्तित्व छन् । एउटा, नेपालको संविधान–२०७२ को धारा १६(१) बमोजिम ‘सम्मानपूर्वक बाँच्न पाउने’ मौलिक हक सम्पन्न नागरिक व्यक्तित्वको । यो हैसियतमा उनलाई धारा २८ को गोपनीयताको हकले संरक्षण गर्छ । यो हैसियतका चोलेन्द्रशमशेर राणाका बारेमा छलफल, चर्चा वा आलोचना हुन सक्दैन ।

उनको अर्को व्यक्तित्व संविधानको धारा १२९(१) अनुसार सार्वजनिक पद धारण गरेको सर्वोच्च अदालतको प्रधान न्यायाधीशको हो । दोस्रो व्यक्तित्वले सर्वोच्च अदालत ऐन–२०४८ को दफा ८ अनुसारको ढाँचामा शपथ खाएको हुन्छ । शपथ खाएपछि उनि दोस्रो व्यक्तित्व हुन्छन् । यो व्यक्तित्वको शपथले गर्दा उनले गरेको हर काम ‘पब्लिक डोमेन’ भित्र पर्छ । यो व्यक्तित्वको हर कामको चर्चा हुन सक्छ । यो लेख यही दोस्रो व्यक्तित्वमा केन्द्रित छ ।

दोस्रो व्यक्तित्वका चोलेन्द्रशमशेर राणा राज्यका तीन अंगमध्येको न्यायपालिकाका नेता हुन् । ६०१ जना सभासद्ले बनाएको संविधानको व्याख्या गर्ने अधिकार राख्छन् । २७५ सांसदले बनाएको कानुनको संवैधानिकता परीक्षण गर्ने अधिकार राख्छन् । संविधानसँग बाझेको देखिएमा अन्य चार न्यायमूर्तिलाई साथ लिएर त्यस्तो ऐन बदर गर्ने अधिकार राख्छन् । संविधान नै पनि तोकिएको प्रक्रियाविपरीत संशोधन भएको रहेछ भने त्यस्तो संशोधनसमेत अमान्य गर्ने अधिकार राख्छन् । कार्यकारी प्रमुख प्रधानमन्त्रीले गरेको कार्यकारी निर्णय स्वेच्छाचारी, मनपरी, कानुनविपरीत, भेदभावकारी, प्राकृतिक न्यायको सिद्धान्तविपरीत अधिकार मिचेर गरिएको रहेछ भने राष्ट्रप्रमुखको अनुमोदन भए पनि बदर गर्ने अधिकार राख्छन् । संविधान, स्वतन्त्र न्यायपालिका, मौलिक हक र मानव अधिकारको अभिभावक र संरक्षकको हैसियत राख्छन् ...

समाचार स्रोत :