Follow us: Youtube Android App
राष्ट्रिय सभा निर्वाचनको मतदान जारी
१२ माघ २०७८

काठमाडौं : राष्ट्रिय सभा सदस्य चयनका लागी मतदान जारी रहेको छ। १९ राष्ट्रियसभा सदस्यका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ दलका ४३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

बिहान ९ देखि सुरुनै मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन्। ८ मतदानस्थल र १४ केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान हुनेछ। नतिजा बुधबार रातिनै आउने सम्भावना रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए।

यो निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। आयोगका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ...

समाचार स्रोत :