Follow us: Youtube Android App
किन जाग्यो जबराको मुद्दा ?
२३ साउन २०७९

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्ताव ६ महिनापछि मात्र अघि बढेको छ, महाभियोग सिफारिस समितिले अब जबरासँग बयानसमेत लिएर छानबिन गरी प्रतिवेदन निर्णयार्थ सदनमा पठाउनेछ ।

समितिले बढीमा तीन महिनाको समय पाए पनि संसद्कै कार्यकाल भने अब दुई महिना मात्रै छ किनकि असोज अन्तिम साता नयाँ उम्मेदवारी दर्ता हुनेछ ।

लोकतन्त्र, मानवअधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र न्यायालयको जगेर्ना गर्न प्रधानन्यायाधीश नै असक्षम रहेको भन्दै सत्तारूढ दलका ९८ सांसदले फागुन १ मा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसअघि जबराले न्यायालयमा बेथिति निम्त्याएको, न्यायमा सौदाबाजी तथा न्याय निरूपणमा अवरोध गरेको, कार्यपालिकासँग भाग मागेको जस्ता गम्भीर आरोप लगाउँदै सर्वोच्चकै न्यायाधीश, अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश तथा सरोकारवालाहरूले आन्दोलन गरेका थिए । सर्वोच्च अदालतको मूल गेटमै अवरोध हुँदा पनि सहायक बाटोबाट भित्र पसेर हाजिर गर्दै आएका जबरा महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेपछि सर्वोच्चबाट बाहिरिएका थिए...

समाचार स्रोत :