नेपाललाई जलवायु परिवर्तन बिषयक अमेरिकन बुक अफ रेकर्ड ९ब्mभचष्अबल द्यययप या च्भअयचम० प्राप्त भएको छ । गत वर्ष मे.२९, २०२२ सगरमाथा दिवसको दिन विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वको सर्वाधिक उच्चाई ५,४०० मिटरमा आयोजित जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलनको आयोजना सफलतापुर्वक सम्पन्न गर्दै त्यस प्रकारको चुनौतिपूर्ण असम्भव प्राय दुर्लभ कार्य सम्पादन भएकोमा संस्थाले प्रतिष्ठित अमेरिकन बुक अफ रेकर्डमा गरेको दावी प्रमाणित भएको कार्यक्रम सम्योजक तथा गायक पुर्ण राईले जानकारी दिएका छन ।
जलवायु परिवर्तन विश्वको साझा बिषय भएकोले पर्याप्त रुपमा बृहत कार्यक्रमहरु भईरहेका छन । तर पेरिस एग्रिमेन्ट पश्चातका छलफल र कार्यक्रमहरुले विधिगत औपचारिकता मात्र पुरा भईरहेको बेला सगरमाथा आधार शिविरमा सम्पन्न बैज्ञानिक सम्मेलनको फरक महत्व र ईतिहास जोडिएको छ । प्रथमत यो उच्चाईबाट विश्वलाई सचेत गराउने पहिलो सम्मेलन नेपालमा सम्पन्न भएको थियो भने नेपालकै पहिलो विश्वबिध्यालय त्रिभुवन विश्वबिध्यलय, कोलोराडो युनिभर्सिटी र युनिभर्सिटी अफ कोलोराडो, अमेरिकाको समेत पहिलो ऐतिहासिक सम्मेलन हो । जलवायु परिवर्तनले भईरहेको नयाँ रोग तथा संक्रमण, हिउ रहित हिमालय पर्वत, बसाई सराई बदलाव, जिव तथा प्राणी बिज्ञानमा चुनौती, अस्वाभाविक हिमताल निर्माण तथा अब्यवस्थित कलकारखाना स्थापना लगायतको असर र अबको समाधान र सावधानी बिषयक निरन्तर ३ घण्टा बैज्ञानिक अन्तरक्रिया तथा बृहत प्रस्तुती रहेको सम्योजकले जानकारी गराएका छन ।
न्यिदब िध्बचmष्लन क्ष्लतभचलबतष्यलब िक्गmmष्त – द्दण्द्दद्द लाई नेपाल सरकार वन तथा बातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, जलवायु महाशाखा, राष्ट्रिय प्रकृति संरक्षण कोष, बबरमहल, पसाङल्हमु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुन्जले सहयोग गरेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सन्च बहादुर राई, महासचिव÷कार्यक्रम सम्योजक पूर्ण बहादुर राई, उपाध्यक्ष टेक बहादुर राई, कोषाध्यक्ष बुद्धीराज राई, शरण श्रेष्ठ, सिनेमाटोग्राफर रोसन श्रेष्ठ, साउण्ड टेक्निसियन छिरिङ भोटे, संस्थाका उपाध्यक्ष माया गुरुङ, तथा सेभेन समिटका फिल्ड म्यानेजरले शुभेक्षा ब्यक्त गरेका थिए । सगरमाथा बेसक्याम ५,४०० मिटरमा सम्पन्न पहिलो अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन सफल बनाउदै प्रतिष्ठित अमेरिकन बुक अफ रेकर्डमा नेपाललाई जोड्नका लागि डा. जोन्ना ई. लेम्बर्ट, डा. जोयल बर्गर, सिनियर सिनेमाटोग्राफर रोसन श्रेष्ठ, सेभेन समिट टिम एण्ड कम्पनी तथा साउण्ड टेक्निसियन असिस्टेन्ट, त्रिभुवन युनिभर्सिटी लगायतको भूमिकालाई कदर गर्दै धन्यवाद ब्यक्त गरेका छन ।