सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान काटेर सुनका गहना लुटिएको छ।
भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घायते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको छ।
‘घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उहाँमाथि आक्रमण गरेर दुबै कानका झण्डै आधा तोला सुन लुटिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले नेपालखबरसँग भने, ‘लुटेरासँग प्रतिकार गर्दा उहाँ घाइतेसमेत हुनु भएको छ। हाल उहाँको वीरगञ्जमा उपचार भइरहेको छ ...