Follow us: Youtube Android App
संसद छलेर शासन : ३३ वर्षमा २७१ वटा अध्यादेश
२२ भदौ २०८०

काठमाडौं । संसद सचिवालयले गरेको एउटा अध्ययनले नेपालमा सत्ता स्वार्थका लागि संसद छलेर अध्यादेश जारी गर्ने प्रवृत्तिले बलियोसँग जरा गाडेको देखाएको छ । अध्ययनले संसद नबसेको अवस्थामा तत्काल नगरी नहुने कुनै कामका लागि कानुनी रिक्तता पूरा गर्न संविधानले दिएको छुटलाई कार्यपालिकाले दुरुपयोग गर्दा संसदीय प्रणाली माथि नै प्रश्न उठेको तथ्य औंल्याइएको छ ।

संसद सचिवालयको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले हालै सार्वजनिक गरेको ‘नेपालमा अध्यादेशः व्यवस्था र अभ्यास अध्ययन प्रतिवेदन २०७९’ ले नेपालमा समय-समयमा अध्यादेशको भरमा शासन गर्न खोज्ने प्रवृत्ति देखा पर्दै आएको’ उल्लेख गरेको छ ।

प्रतिवेदनमा उदाहरणको रूपमा तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा प्रत्यक्ष शासन सम्हालेपछिको समय र २०७७ र २०७८ सालमा दुई पटकसम्म भएको संसद विघटनको समयको अवस्था देखाइएको छ ...

समाचार स्रोत :