काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ समकक्षी लि छियाङसँग भएका सम्झौता सार्वजनिक गरेका छन् । एकसाता लामो चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले शनिवार बिहान त्रिभुवन विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममार्फत सम्झौता सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीले असोज ८ गते चिनियाँ समकक्षी लि सँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको र सो क्रममा सहकार्यका विविध विषयहरूमा सविस्तार छलफल भएको जानकारी गराएका छन् ।
सो भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनः सञ्चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको जानकारी दिए ...