काठमाडौं । कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ ।
एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो । अनि उनले त्यो गोबरजस्तो चिजलाई बोकेर घर ल्याए । अनौठो सुगन्ध आउने त्यो गोबरजस्तो चिज आखिर के हो ? ...