मानिसको शरीरका विषयमा चिकित्सा विज्ञानको क्षेत्रमा निकै धेरै खोज अनुसन्धान भएको छ र धेरै हदसम्म यसमा सफलता पनि मिलेको छ ।
तर यी सबैका बाबजुद कहिलेकाहीँ यस्ता परिघटना हुन्छन् जसका अगाडि चिकित्सा विज्ञान पनि फेल खान्छ । एउटा यस्तै घटना हालै सार्वजनिक भएको छ । जस अनुसार एकजना महिलाले जुम्ल्याहा बच्चा जन्माइन् तर ती जुम्ल्याहाका वास्तविक पिता दुई फरक फरक पुरुष रहेको कुरा पुष्टि भएको छ ।
यो घटना पोर्चुगलको हो । त्यहाँकी एक १९ वर्षीया युवतीले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएको ८ महिनापछि जब उनीहरुको डीएनए टेष्ट गरियो तब दुबै बच्चाको पिता एउटै नभएको खुलासा भयो ।
समाचार अनुसार जुम्ल्याहा बच्चाका पिता फरक फरक भएको विश्वमा यो अहिलेसम्म सार्वजनिक भएको २० औँ घटना हो । यसलाई चिकित्सा भाषामा हेटेरोप्यारेन्टल सुपरफेक्यूंडेसन भनिन्छ ...