Follow us: Youtube Android App
पत्रकार बलराम बानियाँ मृत भेटिए
२८ साउन २०७७

काठमाडौं । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।


परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ...

समाचार स्रोत :