Follow us: Youtube Android App
सञ्चारकर्मीमा कोरोना संक्रमण देखिने क्रम बढ्यो
८ भदौ २०७७

काठमाडौं । काठमाडौं उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा कोरोनाभाइरस संक्रमण हुने क्रम बढेको छ ।


विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा नेपालमा तीव्र गतिमा फैलिँदै गर्दा सञ्चारकर्मीपनि धमाधम संक्रमित हुन थालेका हुन् । नेपाल पत्रकार सहासंघले पछिल्लो समय अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा संक्रमण देखिने क्रम बढेको जनाएको छ । महासंघका महासचिव रमेश विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् भने विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ...

समाचार स्रोत :