Follow us: Youtube Android App
सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति छः प्रधानमन्त्री
१५ असोज २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चामाध्यमहरुमा पनि विकृति आएको गुनासो गर्नुभएको छ । बुधबार साँझ मिडिया एलायन्सका पदाधिकारीहरुसँग भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताउनुभएको हो ।


उहाँले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताउनुभयो । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एक पटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीको टिप्पणी छ । सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उहाँको सुझाव छ ...

समाचार स्रोत :