Follow us: Youtube Android App
अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या
२६ मंसिर २०७७

काबुल : फगानिस्तानमा एक महिला पत्रकार मलाला मइवान्दको गोली हानी हत्या भएको छ । मलाला एनिकास टिभी र रेडियोमा कार्यरत थिइन् ।


देशको पूर्वी भागस्थित जलालावादमा रहेको पत्रकार मलालाको निजी निवासमै बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको स्थानीय मिडियाले जनाएका छन् । गाडीमै आक्रमण भएको बताइएको छ । यस क्रममा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर आक्रमणपछि आक्रमणकारीलाई पक्राउ गर्न असमर्थ रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ...

समाचार स्रोत :