Follow us: Youtube Android App
असारयता १ खर्ब ४२ अर्ब पुनर्कर्जा स्वीकृत, पर्यटनमा करिब १७ अर्ब, मिडियाले लगे ८७ करोड
१७ फागुन २०७७

काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले १ खर्ब ४२ अर्ब ४० करोड पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकले दुई चरणमा गरेर ९२ अर्ब ६७ करोड एकमुष्ट पुनर्कर्जा स्वीकृत गरेको छ । लघुवित्तलाई  १० अर्ब २३ करोड र ग्राहक ऋणीलाई ३९ अर्ब ५० करोड पुनर्कर्जा स्वीकृत गरेको छ ।

नेपाल राष्ट्र बैंकले २०७७ साउनमा जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक पर्ने भएकाले पुनर्कर्जा  प्रयोजनको लागि प्राप्त हुने कुल स्रोत रकमको अधिकतम पाँच गुणासम्म बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको छ । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रहेको छ । जसमको ५ गुणासम्म पुनरकर्जा प्रदान गर्र्नसक्ने व्यवस्था रहेकोले पुनरकर्जाको लागि उपलब्ध स्रोत २ खर्ब १२ अर्ब ५० करोड हुन आउँछ ।

नेपाल राष्ट्र बैंकले कार्यविधिमार्फत पुनर्कर्जाको लागि उपलब्ध कुल स्रोतको ७० प्रतिशत बैंक तथा वित्तिय संस्थालाई एकमुष्ट उपलब्ध गराउने २० प्रतिशत ग्राहक ऋणी अनुसार उपलब्ध गराउने र १० प्रतिशत लघुवित्तमार्फत प्रदान गर्ने व्यवस्था गरेको छ ...

समाचार स्रोत :