Follow us: Youtube Android App
पत्रकार महासंघको पहिलो प्रत्यक्ष चुनाव आज : देशभरका १३ हजार मतदाता सहभागी हुँदै
२५ चैत्र २०७७

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज (चैत २५ गते) चुनाव हुँदै छ।

पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचनमा देशभरका १३ हजारभन्दा बढी पत्रकार मतदानमा सहभागी हुँदै छन्।

महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने भएका हुन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ। यसअघि जिल्लाबाट छानिएर आएका पार्षद (प्रतिनिधि) ले मात्र मतदान गर्न पाउने व्यवस्था थियो।

जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक मतदान हुँदै छ। मतदान बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक निर्वाचनमा १३ हजार १२२ मतदाता सहभागी हुनेछन् ...

समाचार स्रोत :