Follow us: Youtube Android App
निर्वाचन र स्थानीय मिडिया
१० बैशाख २०७९

नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ । यसरी नेपालमा निर्वाचनको इतिहास स्थानीय निर्वाचनबाटै प्रारम्भ भयो । देशकै पहिलो अर्थात् वि.सं. २००४ को निर्वाचनको समयमा देशमा प्रेस स्वतन्त्रता नरहेको र तत्कालीन जहानियाँ राणा शासनको प्रकृति नै अलोकतान्त्रिक/अप्रजातान्त्रिक रहेकाले मिडियाको भूमिका नगन्यजस्तै थियो ।

गोरखापत्रमा निर्वाचनबारे छापिएका समाचारले निर्वाचन र मिडियाको सम्बन्धको प्रारम्भ भने अवश्यै भयो । उक्त निर्वाचनमा महिला सहभागिता नरहेको र वि.सं. २०१० भदौ १७ गते सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले मताधिकार प्रयोग गर्न पाएको तथ्य यहाँ उल्लेखनीय छ । दोस्रो अर्थात् वि.सं. २०१० को निर्वाचनको समयमा देशमा बहुदलीय प्रजातन्त्र र प्रेस स्वतन्त्रता रहेकाले मिडियाको सक्रिय भूमिका रह्यो ।

वि.सं.२०१४ माघ ७ गते सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनका क्रममा मिडियाको सक्रियता झन् बढ्यो । पञ्चायती व्यवस्थाको कालखण्डमा २०१८ फागुन ७ गते सम्पन्न गाउँ पञ्चायत निर्वाचन, २०१९ र २०२० मा विभिन्न मितिमा सम्पन्न नगर पञ्चायत, जिल्ला पञ्चायत तथा अञ्चल पञ्चायतको निर्वाचन तथा २०३२ मा सम्पन्न स्थानीय निर्वाचनमा मिडियाको भूमिका नियन्त्रित रह्यो । पञ्चायती व्यवस्थामै वि.सं. २०३९ र वि.सं. २०४३ का स्थानीय निर्वाचनमा भने मिडियाको सक्रियतामा बढोत्तरी देखियो । नेपालका मिडियाले स्थानीय निर्वाचनमा पूर्ण स्वतन्त्रतापूर्वक भूमिका निर्वाह गर्न पाएको पहिलो अवसरचाहिँ स्थानीय निर्वाचन २०४९ थियो ...

समाचार स्रोत :