Follow us: Youtube Android App
पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग
९ असोज २०७९

काठमाडौं, असोज ८ गते। समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका  सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ।

उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैं भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महंलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक ४० हजार सिफारिस गर्न माग गरेको छ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरेर विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ ...

समाचार स्रोत :