काठमाडौँ — निर्वाचन आयोगले समाचार हटाउनका लागि सेतोपाटी अनलाईनलाई दिएको निर्देशन फिर्ता लिएको छ । प्रमुख निर्वचन आयुक्त दिनेश थपलिया काठमाडौ बाहिर रहेका बेला आयुक्त रामप्रसाद भण्डारीले क्षेत्राधिकार बाहिर गएर झापा-१ का एमाले उम्मेवार अग्नि खरेलका छोराबारे लेखिएको समाचार हटाउन निर्देशन दिएका थिए ।
'संचार माध्यम अनुगमनको काम हाम्रो होइन सम्बन्धित निकायले नै गर्छ' प्रमुख आयुक्त थपलियाले कान्तिपुरसँग भने,'आयोगको निर्णयमा भएको कमजोरी आयोगले सच्चाएको छ, उक्त निर्णय कार्यान्वयन हुँदैन ।'
आयुक्त भण्डारीले गरेको उक्त निर्णय र निर्देशन विवादमा परेपछि आइतबार झापाबाट काठमाडौं फर्केर प्रमुख आयुक्त थपलियाले शनिबारको निर्णय फिर्ता गरेका हुन् ।
स्रोतका अनुसार निर्णय विवादमा परेपछि शनिबार राती नै आयोगका पदाधिकारी र कर्मचारीहरुको आयोग कार्यालयमा लामो बैठक बसेको थियो । तर भण्डारी आफ्नो निर्णयबाट पछि नहट्ने अडान लिएका थिए । आइतबार राजधानी फर्केपछि प्रमुख आयुक्त थपलियाले सार्वजनिक कार्यक्रमबाटै निर्णय सच्याउने बताएका थिए । त्यसपछि आइतबार साँझ बसेको बैठकले निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो । आयोगले निर्णय नसच्याए उक्त निर्णयविरुद्ध सेतोपाटीले अदालत जाने बताएको थियो ...