Follow us: Youtube Android App
प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना
२३ माघ २०७९

काठमाडौँ — सरकार छाड्ने निर्णय गरेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लक्षित गर्दै दिएका अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सञ्चारसम्बद्ध पेसागत संघसंस्था, संविधानविद्, कानुन व्यवसायी, नागरिक समाजका अगुवा र राजनीतिकर्मीले लामिछानेले पदमुक्त हुँदाको आक्रोश मिडियामाथि पोखेको बताएका छन् ।

नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गरी लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको जनाएको छ । ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रस्ट पार्न चाहन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने पनि महासंघले भनेको छ । महासंघले लामिछानेलाई आफ्ना अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ ...

समाचार स्रोत :