काठमाडौँ — सरकारले हुलाक बचत बैंक खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री प्रकाशशरण महतले हुलाक बचत बैंक खारेज गर्ने र त्यसमा रहेका बचत खातालाई सरकारी स्वामित्वका वाणिज्य बैंकमा स्थानान्तरण गर्ने निर्णय गरेका हुन् ।
सञ्चालन भएको झन्डै पाँच दशक भए पनि पछिल्ला वर्षहरूमा बचतको काम प्रभावकारी हुन नसकेको, रकम हिनामिनाको गुनासो बढ्न थालेको र अन्य बैंक तथा वित्तीय संस्थाले उत्कृष्ट सेवा दिइरहेकाले हुलाक बचत बैंक खारेज गर्ने योजना बनाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
विगतमा बचतका लागि अरू बैंक, सहकारी, वित्तीय संस्था नभएको अवस्थामा हुलाक बचत बैंकको महत्त्व धेरै भए पनि अहिले कम हुँदै गएको छ । अरू बैंकिङ काम पनि नगर्ने र ब्याजदर बचतमा प्रदान गर्ने ब्याजदर पनि सरकारले अनुदान दिनुपर्ने भएकाले अब यो बैंकको औचित्य नरहेको आवाज उठ्दै आएको थियो । यसअनुसार सरकारले उक्त बैंक खारेजी गर्ने घोषणा गरेको हो ...