Follow us: Youtube Android App
Somersby Nepal
वैदेशिक रोजगारीले निम्त्याएको विखण्डन
२२ कात्तिक २०७४


मोहितलाल महतो (नाम परिवर्तन) तीन वर्षपछि कतारबाट फर्किए । २९ मंसिरसम्म घरमा भएकी श्रीमती संगीता (नाम परिवर्तन) लाई उनले ३० गते कतै देखेनन् । त्यसपछि महतो झस्किए अनि आफ्नी श्रीमतीको खोजी सुरु गरे । यता उनकी श्रीमतीले मोहितलालसहित एक छोरा र एक छोरीलाई छाडेर आफ्ना प्रेमीसँग नयाँ जीवन प्रारम्भ गरिसकेकी थिइन् । आफूले वर्षौं लगाएर जम्मा गरेको पैसा लिएर श्रीमती परपुरुषसँग हिँडेपछि अहिले महतो न्यायका लागि जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् ।

महोत्तरीको सुगा–३ का जीवछ मण्डल अचानक हराएपछि उनको खोजीनिती सुरु भयो ।

मण्डलले सञ्चालन गरिरहेको चियापसलको कोठाको ताल्चा धेरै दिनसम्म नखुलेपछि गाउँलेहरूले सजिलै लख काटे कि उनी किन बेपत्ता भए ? जीवछ छिमेकमा रहेको बहुअर्वा गाउँकी तीन छोरी तथा तीन छोराकी आमासँग ‘जोइल’ गएको कुरा एक कान दुई कान मैदान भयो । एक वर्षयता जीवछकै पसलमा दूध बेच्दै आएकी मिनाक्षी (नाम परिवर्तन) का श्रीमान् मजदूरी गर्न लामो समयदेखि कतारमा छन् । श्रीमान्को अनुपस्थितिमा गाउँमा पशुपालन गर्दै आएकी मिनाक्षी जीवनको एक्लोपन मेट्न मण्डलको सम्पर्कमा पुगिन् । छोटै समयको अन्तरालमा मिनाक्षी र जीवछ विवाह गर्ने निर्णय गर्दै सामाजिक एवं पारिवारिक दायित्वको हेक्का नराखी फरार भए...

Source