Follow us: Youtube Android App
Somersby Nepal
एनआरएनए अध्यक्ष भवन भट्टले निगमलाई बुझाएनन् विमानको रकम
३० कात्तिक २०७४


काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार, एक साताभित्र बाँकी रकम बुझाउन सम्झौतासहित बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय भएको थियो ।

‘म्याद गुज्रिसक्यो, सम्पर्क पनि हुन सकेको छैन । बाँकी रकम बुझाउने/नबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन,’ श्रेष्ठले भने ।

महासंघको चुनावका बेला भट्टले जहाज खरिद गरेको समाचार सार्वजनिक भएको थियो...

Source